०५ असार २०८३
काठमाडौं - इरानले लेबनानमा हमला रोकिने ग्यारेन्टी पाए मात्र अमेरिकासँग वारत् हुने बताएको छ ।
सीएनएनले एक कूटनीतिज्ञलाई उद्धृत गर्दै जनाएअनुसार, इरानले स्विट्जरल्यान्डमा अमेरिकासँगको वार्ता पुनः सुरु गर्नुअघि लेबनानमा भइरहेको सैन्य कारबाही रोकिने पूर्ण ग्यारेन्टी चाहेको बताएको हो।
इरानले हालै हस्ताक्षर भएको सम्झौतामा तय गरिएका प्रावधानहरू बमोजिम लेबनानमा लडाइँ अन्त्य हुने विश्वास दिलाउनुपर्ने माग गरेको छ।
लेबनानमा इजरायलको लगातारको हमलापछि प्रस्तावित अमेरिका–इरान वार्तालाई अस्थायी रूपमा स्थगित गरिएको छ। यद्यपि, यो वार्ता पुनः कहिले सुरु हुन्छ भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन।
विहीबार मात्रै फ्रान्सको भर्साइल दरबारमा इरान युद्ध अन्त्य गर्नेसम्बन्धी १४ बुँदे अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। उक्त सम्झौतामा लेबनानसहित सबै मोर्चाहरूमा युद्ध अन्त्य गर्ने कुरा उल्लेख थियो।
सोही सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा छलफल गर्न आज ९शुक्रबार० स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा दुई देशबीच पहिलो औपचारिक वार्ता हुने तय भएको थियो। अमेरिकी उपराष्ट्रपति जेडी भेन्स त्यहाँ जाने तयारीमा थिए, तर अन्तिम समयमा आएर भ्रमण रद्द भएको छ ।
शान्ति सम्झौता लागू भएपछि पनि इजरायलले दक्षिणी लेबनानमा आफ्ना सेना नहटाउने अडान लियो र त्यहाँ लगातार हमलाहरू गरिरहेको छ । यसमा इजरायली र लेबनानी दुवैतर्फ मानवीय क्षति भएको छ ।
इजरायलको यही कदमले सम्झौताको सर्त उल्लङ्घन भएको भन्दै इरान रुष्ट बनेको छ र लेबनानमा युद्ध नरोकिएसम्म अमेरिकासँगको थप वार्ता अगाडि नबढाउने अडान लिएको हो।
रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि
रास्वपा महाधिवेशनमा भाग लिन छोरी बोकेर चितवन पुगे प्रधानमन्त्री बालेन
कांग्रेस सभापति थापा रास्वपा महाधिवेशनको उद्घाटन समारोहमा जाने
कर्तुत बाहिर आएपछि कांग्रेस कार्यकर्तालाई तनाव, समाचार लेख्ने बराइलीलाई दिए धम्की
इरानले भन्यो : लेबनानमा हमला रोकिने ग्यारेन्टी पाए मात्र अमेरिकासँग वार्ता
सदर चिडियाखानामा भेटियो बर्डफ्लु
रास्वपा महाविधेशन तयारी तीव्र, रवि र बालेनले गर्नेछन् उद्घाटन समारोहमा सम्बोधन
श्रम मन्त्रालयबाटै प्रतिवेदन गायब घटना : अख्तियारले सबै कागजात उपलब्ध गराउन भन्दै काट्यो पत्र
पक्राउको डरले आरजु नेपाल नै नआउने, पासपोर्ट घोटाला प्रकरण हङकङबाटै अख्तियारलाई भनिन्– म आउन सक्दिन
बालेन सरकारले यहि वर्षबाट हेटौडा कपडा उद्योग चलाउने, बजेट छुट्टाएरै उद्योगमन्त्रीले सार्वजनिक गरिन योजना
प्रतिक्रिया