०२ असार २०८३
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सांसद रहेका तीन जना प्रदेश सभापतिको प्रतिस्पर्धामा पराजित भएका छन् ।
नुवाकोट–२ बाट प्रतिनिधि सभा सदस्य बनेका डा.अच्युत्तम लामिछाने, नवलपुर–१ बाट निर्वाचित राजन गौतम र कञ्चनपुर–१ बाट सांसद बनेका जनकसिंह धामी पार्टीको प्रदेशको मूल नेतृत्वमा पराजित भएका हुन् ।
लामिछाने बागमती, गौतम गण्डकी र धामी सुदूरपश्चिम सभापतिमा पदमा चुनावी प्रतिस्पर्धाबाट उक्त पदमा पुग्न सकेनन् । लामिछाने र गौतम यसअघि प्रदेश सभापतिको जिम्मेवारीमा थिए । साथै, दुबै जना प्रदेशका संस्थापक सभापति समेत हुन् ।
बागमतीका निवर्तमान सभापति लामिछानेलाई उनकै समितिमा रहेका पूर्व प्रवक्ता उत्सव अर्यालले पराजित गरे । अर्यालले लामिछानेलाई २ मतको अन्तरले पछि पारेका थिए । बागमतीमा निर्वाचित सभापति अर्यालले ४१६ र लामिछानेले ४१४ मत पाएका थिए ।
गण्डकीका निवर्तमान सभापति गौतम फराकिलो मतान्तरले पराजय भोगे । गौतमलाई उनकै समितिमा महामन्त्री पदमा रहेका नविन त्रिपाठीले ठूलो मतान्तरले पराजित गरेका हुन् ।
गण्डकीको सभापति पदमा गौतम, त्रिपाठी, माधव कँडेल र हरिबहादुर कार्कीले प्रतिस्पर्धा गरेका थिए । निर्वाचित त्रिपाठीले २३४ मत ल्याएर विजयी हुँदा गौतमले १८२ मत पाए । अरु दुई उम्मेदवार कँडेलले ११ र कार्कीले जम्मा २ मत मात्रै ल्याए ।
रास्वपाको विधान अनुसार प्रदेश सभापतिमा निर्वाचित हुन सदर मतको ५० प्रतिशत मत कटाउनु पर्दछ । कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नसके दोस्रो चरणको मतदान हुने व्यवस्था छ । गण्डकीमा सभापतिमा प्रतिस्पर्धा गरेका गौतम पहिलो चरणबाटै प्रतिस्पर्धाबाट बाहिरिए ।
बागमती र गण्डकीमा संस्थापक सभापतिहरू पराजित हुँदा सुदूरपश्चिममा भने संस्थापक सभापति सोही पदमा कायम रहे ।
सुदूरपश्चिममा प्रकाश विष्टले सांसद पदमा रहेका जनकसिंह धामीलाई हराए । निर्वाचित विष्टले ३५८ मत पाए भने उनका प्रतिस्पर्धी धामीले १५४ मतमा चित्त बुझाउन पर्यो । गत निर्वाचनमा कैलाली–१ बाट उम्मेदवारको आकांक्षी रहेका विष्टलाई रास्वपाले टिकट दिएको थिएन । विष्टको क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको व्यक्तिलाई ल्याएर उम्मेदवार बनाइएको थियो । उनको क्षेत्रबाट रास्वपा उम्मेदवार कोमल ज्ञवाली निर्वाचित भएकी थिइन् ।
रास्वपाले प्रदेश समितिको आकार फरक फरक हुने गरी विधानमा व्यवस्था गरेको छ । कोशीमा ६१, मधेसमा ५९, बागमतीमा ६५, गण्डकीमा ४७, लुम्बिनीमा ५७, कर्णालीमा ४१ र सुदूरपश्चिममा ४३ सदस्यीय प्रदेश समिति बनाउने विधानको प्रावधान छ । प्रदेश समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री (फरक फरक लिङ्गका २ जना) , कोषाध्यक्ष र प्रवक्ता पदाधिकारी हुने व्यवस्था छ । सभापति र प्रदेश सदस्यको लागि पहिलो चरणमा र अन्य पदाधिकारीको हकमा भने दोस्रो चरणमा मतदान गरेर चयन गर्नुपर्ने विधि बनाइएको छ । कोषाध्यक्ष र प्रवक्ता मनोनित गर्ने व्यवस्था बनाइएको छ ।
सात प्रदेशमा मधेसको बाहेक अन्यमा अधिवेशन भएको छ । कर्णालीको मत परिणाम आउने क्रममा छ भने भने अरु पाँच प्रदेशको नयाँ नेतृत्व चयन भइसकेका छन् ।
रास्वपा महाविधेशन तयारी तीव्र, रवि र बालेनले गर्नेछन् उद्घाटन समारोहमा सम्बोधन
श्रम मन्त्रालयबाटै प्रतिवेदन गायब घटना : अख्तियारले सबै कागजात उपलब्ध गराउन भन्दै काट्यो पत्र
पक्राउको डरले आरजु नेपाल नै नआउने, पासपोर्ट घोटाला प्रकरण हङकङबाटै अख्तियारलाई भनिन्– म आउन सक्दिन
बालेन सरकारले यहि वर्षबाट हेटौडा कपडा उद्योग चलाउने, बजेट छुट्टाएरै उद्योगमन्त्रीले सार्वजनिक गरिन योजना
झापाका चिया उद्योग पनि आजदेखि बन्द, समस्यामा ६० हजार श्रमिक
राहदानी छपाइमा अनियमितता:जर्मन कम्पनीका सञ्चालकलाई पनि अख्तियारले बयानमा बोलायो
यी हुन विश्वकप फुटवलका रोचक तथ्यहरु, ११ सेकेन्डमा गोल ५६ सेकेन्डमा रेड कार्ड
पिआरधारी कर्मचारीलाई धमाधम निकाल्दै सरकार, धोकवाज खोज्न चलायो अप्रेशन
एकैदिन ६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो, ८ को पुनः जडान
विपद पूर्वतयारी : मोबाइलबाट पहिरो निगरानी
प्रतिक्रिया