११ भदौ २०८२
काठमाडौं - गोरखाको चुमनुब्री गाउँपालिका - ६ का वडाध्यक्ष सरोज लामा बिदेसिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै जर्मनी हानिएका हुन् ।
वडाध्यक्ष लामाले राजनीतिबाट सदाको लागी बिदा भएको निर्णयसहितको घोषणा गर्दै बिदेसिएको बताएका छन् ।
‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीताका साथ मेरो क्षमताले भ्याए सम्मको भूमिका र कार्य सम्पादन गरियो । तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन । त्यसैले अब देखि यो राजनीतिबाट सदाको लागी बिदा भएको निर्णय सहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एक पटक शून्य अर्थात् जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो,’ उनले फेसबुकमा लेखेका छन् ।
लामाले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी गाउँपालिकामा पठाएको गाउँपालिकाका सूचना अधिकारी सन्दीप रेग्मीले जानकारी दिए । ‘उहाँले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई अध्यक्षको जिम्मेवारी दिएको पत्र गाउँपालिकामा आएको छ। फर्किने नफर्किने विषयमा कुनै जानकारी आएको छैन,’ रेग्मीले भने ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया