२९ साउन २०८२
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली आउँदो भदौ तेस्रो हप्ता चीन भ्रमणमा जाने भएका छन् । चीनमा हुने दुई वटा महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री ओली भदौ १४ गते भ्रमणमा जान लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली जापानी उपनिवेशविरुद्ध विजय हासिल गरेको ८०औं वार्षिकोत्सवका उपलक्ष्यमा बेइजिङमा हुने मिलिटरी परेड र शाङ्घाई को–अपरेशन अर्गनाइजेशन ९एससीओ० को शिखर सम्मेलनमा सहभागी हुने भएका छन् ।
भदौ १४ देखि १८ गतेसम्म चीनमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेट्नु हुने छ । चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग संयुक्त भेटको पनि तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
शाङ्घाई सहयोग सङ्गठन ९एससीओ० क्षेत्रीय स्थिरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००१ मा स्थापना भएको थियो । यस सङ्गठनमा चीन र भारतसहित १० वटा देश सदस्य छन् । नेपाल एससीओमा ‘डायलग पार्टनर’ का हैसियतमा छ ।
‘डायलग पार्टनर’ राष्ट्रका प्रमुख एससीओ शिखर सम्मेलनमा सहभागी हुने चलन नरहे पनि भदौ १७ गते बेइजिङमा हुने ‘मिलिटरी परेड’ मा ओलीलाई निमन्त्रणा आएको हो । भ्रमणका क्रममा ओलीलाई एससीओ शिखर सम्मेलनमा पनि सहभागी हुने अवसर आएको हो ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया