०४ कात्तिक २०८२
काठमाण्डौ – कञ्चनपुरका विपीन जोशीको आज अन्त्येष्टि गरिएको छ । भीमदत्त नगरपालिकाबाट बिहान शवयात्रा गरी महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो । विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
शवयात्रामा पालिकाका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयबासीन्दा सहभागी भए । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा इजरायल पुगेका जोशी बन्धक भएकोमा गएको असोज २७ गते इजरायली अधिकारीले ज्यान गएको पुष्टि गरेका थिए ।
हमासको आक्रमणमा विपीनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाए । जोशीको शव इजरायलबाट हिजो काठमाण्डौ ल्याई कञ्चनपुरमा रहेको घरमा पुर्याइएको थियो ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया