०४ कात्तिक २०८२
काठमाण्डौ – कञ्चनपुरका विपीन जोशीको आज अन्त्येष्टि गरिएको छ । भीमदत्त नगरपालिकाबाट बिहान शवयात्रा गरी महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो । विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
शवयात्रामा पालिकाका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयबासीन्दा सहभागी भए । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा इजरायल पुगेका जोशी बन्धक भएकोमा गएको असोज २७ गते इजरायली अधिकारीले ज्यान गएको पुष्टि गरेका थिए ।
हमासको आक्रमणमा विपीनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाए । जोशीको शव इजरायलबाट हिजो काठमाण्डौ ल्याई कञ्चनपुरमा रहेको घरमा पुर्याइएको थियो ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया