१० भदौ २०८२
काठमाडौं – संसदीय सुनुवाइ समितिको सभापतिबाट ईश्वरी न्यौपानेले राजीनामा दिने भएकी छन्। आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय भएसँगै उनले राजीनामा दिन लागेकी हुन्।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले दुबै समितिमा एउटै व्यक्ति सभापति बस्न नमिल्ने भएकाले उनले राजीनामा दिने जानकारी दिए।
‘कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा माननीय इश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ।’ संसदीय सुनुवाई समितिकी सभापतिमा के गर्नुहुन्छ भन्ने प्रश्नमा घिमिरेले थपे, ‘दुवै पदमा एउटै व्यक्ति बस्न मिल्दैन। उहाँले राज्य व्यवस्था समितिको सभापति पदमा उम्मेदवारी दिनुहुन्छ। हामी छलफल गरेर बाँकी विषय टुंगिन्छ।’
यस अगाडि कांग्रेसकै सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादित बनेका थिए। त्यसपश्चात गठित समितिले खतिवडालाई नैतिक जिम्मेवार बनाएपश्चात प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सभापति पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। दलीय भागबण्डामा कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति लिएपछि खतिवडा सभापति बनेका थिए। कांग्रेस र एमालेको सहमति रहेकाले यो पदमा अन्य दलको दाबी छैन।
सोमबार संसद सचिवालयका सचिव हर्कराज राईले जारी गरेको कार्यतालिकामा सभापतिको मनोनयन दिउँसो १ बजेदेखि ४ बजेसम्म दर्ता गर्न सकिने उल्लेख छ। सभापति मनोनयनका लागि समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्नुपर्ने छ। कार्यतालिकामा सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो ३ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा निर्वाचन गर्ने तालिका छ ।
संघीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नु पर्ने व्यवस्था गरिएकाले बुधबार निर्वाचन हुन लागेको हो।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया