११ भदौ २०८२
काठमाण्डौ – अमेरिकाले भारतमाथि लगाएको थप २५ प्रतिशत कर लागू भएको छ । रुससँग पेट्रोलियम पदार्थ किनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै घोषणा गरेको थप भन्सार कर आजदेखि लागू भएको हो ।
अब अमेरिकामा भारतबाट आयात हुने सबै सामाग्रिमा ५० प्रतिशत भन्सार कर लाग्छ । भारतले अमेरिकाको यो निर्णयलाई अनुचित भन्दै प्रतिक्रिया जनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । यसअघि २५ प्रतिशत भन्सार दर लागू भएको थियो । थप २५ प्रतिशत दर इलेक्ट्रोनिक्स र औषधीजन्य वस्तुबाहेक सबै भारतीय सामानमा लागू हुनेछ ।
भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले करको बोझ कम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । तर पछिल्लो कदमले भारत र अमेरिकाबीचको आर्थिक सम्बन्धलाई बिगार्न सक्ने विश्लेषण गरिएको छ । अमेरिकाले रुसलाई आर्थिक रूपमा कमजोर बनाउनका लागि भारतमाथि कर लगाउनु परेको बताएको छ ।
तर भारतले अमेरिकाले भन्सार लगाए पनि आफ्नो देशको उर्जा आवश्यकता पूरा गर्नको लागि रुसबाट पेट्रोलियम पदार्थ आयात नरोक्ने बताएको छ । युक्रेनसँगको युद्धपछि पश्चिमाहरुले रुसी तेलमाथी प्रतिबन्ध लगाएका थिए । त्यसपछि रुसले सस्तोमा तेल उपलब्ध गराएपछि भारतले आफ्नो बजार मागको ठूलो भाग रुसबाट आयात गरिरहेको छ ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया