३० साउन २०८२
काठमाडौ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष भेट भनिएको छ ।
बैठकमा ट्रम्प आफ्नो प्रमुख चुनावी बाचा युक्रेनमाथिको रुसको युद्ध अन्त्य गर्ने प्रयासमा केन्द्रीत रहने बीबीसीले जनाएको छ । अलास्काको एकोरेजको अमेरिकी सैन्य बेसमा हुने यो छोटो तर उच्चस्तरीय बैठक केही घण्टामात्र चल्ने तय भएको खबरमा भनिएको छ ।
ट्रम्पले यो वार्ताबाट सकारात्मक परिणाम आउने दाबी गरेका छन् । उनले पुटिनसँगको व्यक्तिगत सम्बन्धलाई प्रयोग गरी युद्धविराम खोज्ने बताउका छन् । तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई वार्ताबाट पूर्णरुपमा बाहिर राखिएको छ ।
जेलेन्स्कीले आफूविना भएको कुनै पनि सम्झौता ‘अर्थहीन’ हुने चेतावनी यसअघि नै दिइका छन् । उनले विशेषगरी डोनबास क्षेत्र र अन्य कब्जामा रहेका क्षेत्रहरू रूसलाई सुम्पिने कुनै पनि विचार अस्वीकार गर्ने बताए ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रूसलाई युद्धविरामको अल्टिमेटम दिँदै असफल भए कडा प्रतिबन्ध लगाउने चेतावनी दएि । तर रुसी पक्षले निरन्तर मौनता अपनाउँदै आफ्नो अडान डोनेट्स्क, लुहान्स्क, खेरसोन र जापोरिज्जिया क्षेत्रमा पूर्ण सार्वभौमिकता र युक्रेनको नाटोमा प्रवेश नगर्ने ग्यारेन्टी फेरी दोहोर्याएको छ ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया