२३ मंसिर २०८२
काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताइन ।
भ्रष्टाचारविरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंलबार सिंहदरबारमा भएको कार्यक्रममा उनले सरकारले आफ्नो नियमित कामसँगै सुशासनको पक्षमा पनि दृढ भएर लागिपरेको उल्लेख गरिन ।
।
सुशासनको पक्षमा सरकारले काम गरिरहेको भन्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि तयार रहेको बताए। त्यसका लागि राज्य संयन्त्र क्रियाशील रहेको र सुशासनको पक्षमा काम गर्दा धम्की आए पनि नडराउने उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकलाई विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न आग्रहसमेत गर्नुभएको छ । सामाजिक न्याय, समृद्धि र सुशासनका लागि पनि भ्रष्टाचारको अन्त्य आवश्यक रहेकोमा उनको जोड छ ।
साथै प्रधानमन्त्री कार्कीले लालसाविनाको साधारण जीवनशैली अनि मानवता र नैतिकताको महत्त्व जगाउन सके भ्रष्टाचारमा कमी ल्याउन सकिने बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष डिसेम्बर ९ तारिखमा विश्वभर भ्रष्टाचारविरुद्धको दिवस मनाउने गरिन्छ । राष्ट्रसङ्घको महासभाले भ्रष्टाचारविरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो ।
सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरेको छ । महासन्धि अनुसार नै नेपालले सम्पत्ति शुद्धीकरण गठन गरेको छ । हरेक वर्ष भ्रष्टाचारविरुद्ध नेपालमा पनि विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर पनि भ्रष्टाचार न्यूनीकरण हुन सकेको छैन ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया