११ भदौ २०८२
काठमाडौं - नेपाल प्रहरीमा रहेको विद्यमान नियमावली संशोधन गर्ने तयारी भएको छ । प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि नै प्रहरी नियमावली संशोधन गरेर प्रहरी महानीरिक्षक दीपक थापालाई निरन्तरता दिने चलखेल शुरु भएको हो ।
बुधबार साँझ गृहमन्त्रालयले प्रहरी नियमावली संशोधनको ड्राफ्ट तयार पारिसकेको छ । गृहमन्त्री रमेश लेखकले सो ड्राफ्ट तयार पारेका हुन् । यसका लागि नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधी हटाउन अवकाशको मुखमा पुगेका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र उनका ब्याचका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरु सक्रिय देखिएका छन् ।
उनीहरुको सक्रियतालाई गृहसचिव गोकर्णमणी दुवाडीले साथ दिदै बुधबार कानुन महाशाखालाई मस्यौदा बनाउन लगाएका थिए सो मस्यौदा गृहमन्त्रीको टेबुलमा रहेको छ ।
आईजीपी थापा विद्यमान प्रहरी नियमावली बमोजिम यहि भदौ १८ गते अवकाशमा जाँदैछन । तर, आईजीपी नियुक्त भएदेखि नै आफ्नो सेवाअवधि लम्ब्याउन लागेको भएपनि प्रहरी ऐन संसदमा नपुग्दा रोकिएको थियो । अहिलेकै अवस्थामा ३० वर्षे सेवाअवधी कानून बनाएर लागु गर्न सम्भव नभएपछि उनले राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर नियमावली संशोधन गर्न खोजेका हुन् ।
प्रहरीमा ३० वर्षे सेवाअवधीका बारेमा वर्षौंदेखि बहस चल्दै आएको छ । तर सिङ्गो संगठनको करियर प्लानिङबिना ३० वर्षे सेवाअवधिमात्रै हटाए त्यसले प्रहरीमा अर्को संकट आउने प्रहरीकै अधिकारीहरुको दावी भएपनि चन्द्रकुवेर खापुङ र दानबहादुर कार्की तथा उनको व्याचलाई रोक्नका लागि नियमावली संशोधन गर्न लागिएको हो ।
करिब १ अर्ब ९ करोडभन्दा बढि रकमको हातहतियार खरिदको प्रकृया अघि बढ्न लागेको बेला आईजीपी थापाको म्याद थप गर्न मन्त्रालय तयार भएको हो । २०७८ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले रकमान्तर गरेर हतियार खरिद प्रक्रिया अघि बढाएका थिए ।
नेपाल प्रहरीका लागि ८० करोड मूल्य बराबरको आवश्यक लत्ताकपडा तथा बन्दोबस्तीका सामान खरिदको टेन्डरमा सेटिङको आशंकामा सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ सदस्यीय छानबिन समितिसमेत गठन गरि छानबिन गरिरहेको छ । यसरी विभिन्न सेटिङ भैरहेका बेला उनको म्याद थप गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको समेत सहमति रहेको छ । ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनाउनका लागि व्यापारी दीपक भट्टको समूह लागेको छ भने शेरबहादुर देउवालाई रामचन्द्र भट्टको समूहले मिलाइसकेको छ’, स्रोतले भन्यो ।
बुधबार दिउँसोको घट्नाक्रमलाई हेर्ने हो भने नियमावली संशोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिन लागिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच अहिलेकै आइजीपीलाई नै लक्षित गरेर नियमावली संशोधन प्रस्ताव गरिएको र त्यसको जानकारी दिन लागिएको थियो ।
गृहमन्त्री लेखकले प्रहरी नियमावली २०७१ को नियम १२७ मा रहेको ‘३० वर्षे सेवा अवधि’ हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लग्ने तयारी गरेका छन् । प्रधानमन्त्री चीन भ्रमणमा जानु अघि बस्ने मन्त्रिपरिषदको बैठकबाट नियमावली संशोधन गर्ने प्रकृयामा मन्त्रालय लागेको छ । यद्यपि २०७० सालको अदालतको परामादेश पनि उत्तिकै विचारणीय रहेको छ । त्यही परमादेशले अहिलेसम्म रोकिएको थियो ।
‘प्रहरीका सेवा र सर्तका प्रावधान समावेश गरेर ऐन बनाउन तथा अन्यथा नगर्न’ भनी १२ वर्षअघि नै परमादेश जारी गरेको थियो । तत्कालीन एआईजीहरू मदन खड्का, नरेश गुरुङ र कल्याण तिमल्सिनासहित ११ प्रहरी अधिकारीले २०६९ मा दायर गरेको रिटमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ तथा न्यायाधीशहरू गिरीशचन्द्र लाल, सुशीला कार्की, वैद्यनाथ उपाध्याय र गोपाल पराजुलीको संवैधानिक इजलासले सेवासर्तका प्रावधान नियमावली संशोधनबाट नगर्न भनेको थियो ।
सरकारले इच्छाएको बेला नियम संशोधन गर्ने प्रवृत्ति न्यायोचित र वस्तुपरक मात्र नभएर सुरक्षा संवेदनशीलता र यसको मर्मतविपरीत भएको सर्वोच्चको निष्कर्ष थियो । परमादेशमा भनिएको थियो, ‘प्रहरीमा सेवा प्रवेश, वृत्ति विकास र अवकाशसम्मका सर्त सुपरिभाषित र सुनिश्चित बनाइराख्न अविलम्ब व्यवस्था गर्न आवश्यक भएकाले नियमावली संशोधनको बाटो नअपनाई प्रहरी ऐनमा नै चाहिने आवश्यक व्यवस्था गर्ने गरी मिलाउनू भनी विपक्षी नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश गरिएको छ ।’ तर सरकारले १२ वर्षसम्म पनि ऐन बनाएको छैन, संसदीय समितिमा लगेर थन्क्याएर राखेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि हटाउने विषयमा संसदको राज्य व्यवस्था समितिमा छलफल चलिरहेको बेला मन्त्रालयले नियमावली संशोधन प्रस्ताव तयार पार्नुले व्यक्तिमा केन्द्रीत गर्न खोजेको देखिन्छ । आउने निर्वाचन समेत हाल आइजीपी थापाले निरन्तरता पाएका उनकै पालामा हुने भएकाले कांग्रेस एमालेले निरन्तरता दिने तयारी सहित नियमावली संशोधन गर्न लागिएको स्रोतको दावी छ ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया