२४ असोज २०८२
काठमाडौं - विदेशमा रहेका मतदातालाई पनि आउँदो फागुन २१ गतेको निर्वाचनमा सहभागी गराउन जेनजी अभियान्ताहरुले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
निवेदनमा २०७२ साल चैत ७ गते सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसार विदेशमा रहेका नागरिकहरुलाई आउँदो निर्वाचनमा सहभागी हुने वातावरण मिलाउन अनुरोध गरिएको छ ।
२०७४ सालमा सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन आदेश जारी गरेको थियो । तर, अहिलेसम्म उक्त आदेश कार्यन्वयन भएको छैन ।
निवेदनमा भनिएको छ, ‘विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउन २०७४ सालमा जारी भएको सर्वोच्च अदालतको आदेश ८ बर्ष सम्म पनि कार्यान्वय गरेन । जनतालाई अधिकार दिने र जनताको अधिकार खोस्ने यिनै दुई घटनाले लुटतन्त्रको रवैया स्पष्ट गर्छ ।’
अब लुटतन्त्र ढलेको र सुशासनले दह्रिलो गरी खुट्टा टेक्न बाँकी रहेकाले विदेशमा भएका आम नेपालीलाई आसन्न निर्वाचनमा मतदानको अधिकार सुनिश्चित हुने गरी आवश्यक प्रबन्ध गर्न र नागरिकको अधिकार सुशिश्चित गर्न माग गरिएको छ ।
निवेदकहरुमा उपार्जुन चाम्लिङ, शिव यादव, अफ्साना बानु, प्रदिप पाण्डे, सुप्रिया राज्यलक्ष्मी शाह, खेमराज साउद र आदित्य आचार्य रहेका छन् । निवेदकहरु जेनजी समूहका प्रदेश संयोजकहरु हुन् ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया