११ भदौ २०८२
काडमाडौं - देशभर जारी लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खस्दा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। पहिरोका कारण सवारी आवागमन ठप्प भएको छ भने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा अविरल वर्षाले भू-स्खलन निम्त्याउँदै आएको छ। अरनिको, पृथ्वी, सिद्धार्थ र त्रिभुवन राजमार्गका विभिन्न खण्डहरूमा पहिरो जाँदा यातायात सेवा प्रभावित भएको जानकारी सडक विभागले दिएको छ।
सडक खुलाउने प्रयास जारी रहे पनि लगातारको वर्षाका कारण काममा कठिनाइ भएको जनाइएको छ। स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र सडक विभागका टोली घटनास्थलमा खटिएका छन्।
प्रशासनले वर्षा अझै केही दिन कायम रहने पूर्वानुमान भएकाले नागरिकहरूलाई सतर्क रहन तथा आवश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया