०७ माघ २०८२
काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन झापा क्षेत्र ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दर्ता गरेसँगै एमाले कांग्रेसका नेताहरु नै बालेनका पक्षमा उर्लिएका छन् । दशौं हजार समर्थकको भीडका बीच उम्मेदवारी दर्ता गराएका बालेनलाई कांग्रेस र एमालेका नेता कार्यकर्ताले धमाधम पार्टी छाडेर साथ दिन थालेका छन् ।
मंगलबार बालेनले उम्मेदवारी दर्ता गरेकै दिन नेपाली कांग्रेसको दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर बालेनलाई सघाउने घोषणा गरेका थिए । उनले झापा–५ मा बालेनलाई सघाउन आफूले कांग्रेसको क्रियाशील सदस्यताबाट समेत राजीनामा दिएको बताएका छन्। बुधबार एमाले निकट युवा संघका दमक अध्यक्ष छवि खतिवडाले पनि संगठन छाडेर बालेनलाई साथ दिने घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने बताएका छन्। ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाएको छु,’ उनले लेखेका छन्। उनले त्यसपछि स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको पनि बताएका छन्।
आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई हराउन युवासंघका नगर अध्यक्ष मैदानमा उत्रिएका छन्। उनले आफूसँगै सयौं युवाहरु वालेनको उतारेका छन्। बालेनका लागि एमालेका कार्यकर्ताले नै धमाधम पार्टी छाड्न थालेपछि ओली झन झन खतरामा परेका छन्। यता बालेनले भने उम्मेदवारी दर्तासँगै बुधबार बिहानैदेखि स्थानीयसँग भेटघाट तब्र पारेका छन् । स्थानीयको गुनासो र देशको समस्याका विषयमा छलफल थालेका छन्।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया