१३ जेठ २०८३
काठमाडौं - नेपालमा झन्डै शतप्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार कुल ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको हो । कुल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ ।
यस वर्ष भारततर्फ २ हजार ९ सय १८ गिगावाट घण्टा बिजुली निर्यात भएको छ । आर्थिक सर्वेक्षण अनुसार यो फागुन २०८२ सम्मको तथ्यांक हो ।
जडित क्षमतामध्ये जलविद्युत् जडित क्षमता ३ हजार ७ सय ९८ मेगावाट, सौर्य ऊर्जा १ सय ४२ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा उत्पादित विद्युत् १०६।२४ मेगावाट पुगेको छ ।
त्यस्तै तापीय (थर्मल प्लान्ट) ऊर्जा ५३।४ मेगावाट र चिनी मिलबाट सहउत्पादन प्रविधि मार्फत उत्पादित विद्युत् ६ मेगावाट उत्पादन भएको छ ।
यस अवधिमा नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् आयोजनाबाट ६६१.५७ मेगावाट, प्राधिकरणको सहायक कम्पनीमार्फत ७४८।४ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित आयोजनाबाट २ हजार ५ सय ८७ मेगावाट गरी २०८२ फागुनसम्म ३ हजार ९ सय ९७ मेगावाट राष्ट्रिय ग्रिडमा जडान भएको छ ।
वैकल्पिक ऊर्जासहित ९९.१ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ । सामुदायिक उपभोक्ता समेत विद्युत् उपयोग गर्ने ग्राहक संख्या २०८२ असारसम्म ५७ लाख ८ हजार रहेकोमा २०८२ फागुनसम्म ५८ लाख ५९ हजार पुगेको छ ।
राष्ट्रिय प्रसारण लाइन ९६६ केभी र त्यसभन्दा माथिको लम्बाइ० २०८२ असारसम्म ७ हजार १ सय ६१ सर्किट किलोमिटर रहेकोमा २०८२ फागुनसम्म ७ हजार २ सय ८० सर्किट किलोमिटर पुगेको छ ।
२०८२ फागुनसम्म प्रसारण लाइन ९३३ केभी० ८ हजार २ सय २५ सर्किट किलोमिटर पुगेको छ । २०८२ असारसम्म वितरण लाइन ९४००र२३० भोल्ट० १ लाख ५६ हजार ७ सय ९० सर्किट किलोमिटर रहेकोमा २०८२ फागुनसम्म १ लाख ७३ हजार ४३ सर्किट किलोमिटर पुगेको छ ।
विभिन्न आयोजना निर्माणबाट आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ६ सय ६६ मेगावाट विद्युत थप उत्पादन भई नेपालको विद्युत क्षमता ४ हजार ६ सय २६ मेगावाट पुग्ने अनुमान गरिएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया