१२ जेठ २०८३
काठमाडौं - प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले गरेको विरोधलाई सत्तापक्ष रास्वपाका सांसद जगदीश खरेलले ‘तमासा‘ संज्ञा दिएका छन् ।
संसद्मा प्रधानमन्त्रीको जवाफदेहिता र उपस्थिति माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दलहरूलाई उनले आरोप लगाएपछि बैठक केहीबेर स्थगित भएको छ । विपक्षीको विरोधकाबीच पनि संसद्को कारबाही अघि बढीरहेको थियो ।
कार्यसूची अनुसार पर्यटन विधेयकमाको सैद्धान्तिक छलफलमा भाग लिन रोस्टममा पुगेका सांसद खरेलले सुरूमै विपक्षीहरूलाई आरोप लगाउन थालेपछि फ्लोरमा उनीविरुद्ध विरोध गरिरहेका सांसदहरु झन् आक्रोशित भएका थिए । कांग्रेस सांसद नरेन्द्रकुमार केरूङ खरेलले यस्तो बोल्दा रोस्ट्रमतिर अघि बढ्न खोजेका थिए ।
त्यसक्रममा कांग्रेस प्रमुख सचेत वासना थापाले थुम्थुम्याएर पछाडि हटाएकी थिइन् । यसअघि सभामुखले नै संसद्मा अर्यादित शब्द प्रयोग गर्न भन्दै पटक पटक रुलिङ गरेका थिए । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली देखि एमाले संसदीय दलका नेता रामबहादुर थापा समेतको बोली यसअघि संसदीय रेकर्डबाट हटाइएको थियो ।
‘मलाइ आज गहिरोसँग महसुस भयो । आठ वटा अध्यादेश सरकारले किन ल्याउनुपर्यो भनेर महसुस भइरहेको छ मलाई’ उनले भने, ‘संसद् यसैगरी चलेर विगत वर्षदेखि हामीले, २०७२ सालमा संविधान बनेदेखि जति ऐन बनाउनुपर्ने थियो त्यति किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ ।’
विपक्षीहरूतर्फ चोर औंला देखाउँदै उनले विपक्षी दलका सांसदहरूको तमासाको संज्ञा दिएका हुन् ।
उनले थपे, ‘संसदीय तामासा हामीले जुन देखाइरहेका छौं । सँधै सकारात्मक मात्रै हुँदैन ।’
जनताका कानुन बनाउने सन्दर्भमा विपक्षी दलका सांसदहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्ने भनेर आग्रह गरे । ‘प्रधानमन्त्री उपस्थित हुने वा नहुने कुराले कानुन बनाउने प्रक्रियामा अवरोध गर्न मिल्छ रु’ उनले प्रश्न गरे ।
सांसद खरेलको उत्तेजित अभिव्यक्तिपछि विपक्षी दलका सांसदहरू थप उग्र बने । त्यसपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया