१९ माघ २०८२
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हुलाक भन्सार शाखा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल ९निकासी० शाखामा कार्यरत नासु छवि प्रसाद रिजाल छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट आइतबार पक्राउ गरेको हो ।
पुडासैनीबाट घुस लिएको १० हजार, १ लाख ३६ हजार ४२० जरी जम्मा १ लाख ४६ हजार ४२० बरामद भएको छ ।
त्यस्तै रिजालको साथबाट घुस लिएको २० हजार र स्रोत नखुलेको रकम गरी २ लाख ६८ हजार २८८ रुपैयाँ भएको छ ।
उनीहरुले कुरियर कम्पनीमार्फत विदेश पठाउने सामान घुस माग्ने गरेको सूचना आएपछि अख्तियारले छापा मारेर पक्राउ गरेको हो ।
यसका साथै २३ थान मोबाइल पनि बरामद भएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया