२९ वैशाख २०८३
काठमाडौं - अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले गरेको लाखौंको सामान खरिदमा कैफियत भेटिएको छ । एन्फाको आर्थिक विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्९राखेप०बाट गठित छानबिन उपसमितिले तयार पारेको प्रतिवेदनले एन्फाको कैफियत औंल्याएको हो ।
प्रतिवेदनअनुसार सामान खरिदमा खरिद ऐन मिच्नेदेखि तोकिएको कम्पनीलाई दिने चलखेलमा एन्फा लागेको देखिन्छ ।
एन्फाले सामान खरिदका लागि ६४ लाख ३२ हजार ५३३ रुपैयाँ लागत इष्टिमेट तयार गरेको थियो । ३ कम्पनीसँग दररेट कोटेशनमार्फत खरिद गर्न इमेलमार्फत माग गर्यो । जुन नेपालको सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आव्हान गर्नुपर्थ्यो ।
एन्फाको मागअनुसार कोटेशनमा उग्रतारा स्पोर्टस् हब, कामाख्या इन्टरनेशनल प्रालि र कामरु ट्रेडिङ प्रालिले दररेट पठाए ।
उग्रताराबाट ८१ लाख ९१ हजार, कामाख्याबाट ७८ लाख ४ हजार ७५० र कामरुबाट ६६ लाख ५३ हजार ९ सय दररेट तोकिएको थियो । ती ३ वटै कम्पनीको दररेट एन्फाको अनुमानभन्दा बढी हुन पुग्यो । त्यस्तो अवस्थामा कोटेशन रद्द गर्नुपर्ने हो । तर, एन्फाले २०८२ पुस २ मा दरभाउ कम भएको भनि सोही कम्पनीसँग सामान गरिद गर्ने निर्णय गर्यो ।
कोटेशनअघि देखि नै एन्फाले कामरु ट्रेडिङ प्रालिलाई दिने प्रपञ्च देखिन्छ । जसका लागि एन्फा सार्वजनिक बोलपत्रको सट्टा सामान्य कोटेशनमार्फत ६४ लाखभन्दा बढीको सामान खरिद गर्ने कम्पनी छान्ने बाटोमा अघि बढेको थियो ।
स्रोतकाअनुसार ३ वटै कम्पनी एउटै प्रकृतिको स्वामित्वमा छ । कामारु ट्रेडिङ प्रालि केल्मी ब्रान्डका सामग्रीहरू नेपालमा आधिकारिक रूपमा ल्याउने र उत्पादन गर्ने कम्पनी हो । उग्रतारा पनि केल्मीकै आउटलेट हो । कामाख्या पनि केल्मीसँग सम्बन्धित रहेको स्रोतको दाबी छ ।
संघको आर्थिक कार्यविधि, २०७५ को परिच्छेद ५९२१० ९ग० अनुसार १० लाखभन्दा माथिको खरिदका लागि अनिवार्य रुपमा बोलपत्र वा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनु पर्ने व्यवस्था छ । तर, एन्फाले प्रावधान विपरीत सार्वजनिक सूचना प्रकाशित नगरी सिधै ३ कोटेशनमार्फत गरिएको खरिद त्रुटिपूर्ण रहेको प्रतिवेदनले औंल्याएको छ । ‘बोलपत्रमार्फत खरिद गर्नुपर्नेमा साधारण कोटेशन माग गरी खरिद गर्नु प्रचलित खरिद ऐनअनुसार देखिँदैन,’ प्रतिवेदनमा भनिएको छ । एन्फाको २०८० पुस २ गते बसेको कार्यसमिति बैठकले ५० हजार अमेरिकी डलर बराबरको खेलकुद सामग्री कमारु टेडिङ प्रालिमार्फत खरिद गर्ने निर्णय थियो ।
सामान विवरणको मापदण्ड र कार्यविधि तय भएको नपाइएको प्रतिवेदनमा उल्लेख छ । ‘कागजात माग गर्दा उल्लेखित रकमको सामान खरिद भएको हुन सक्ने जानकारी भएको तर, खर्चका बिल भरपाइ, खरिद प्रक्रिया तथा खर्च लेजर र खर्च विवरण माग गर्दा उपलब्ध हुन सकेन,’ प्रतिवेदनमा लेखिएको छ, ‘विवरण उपलब्ध नहुँदा खरिद प्रक्रियाका विषयमा के कस्तो थियो भन्न सकिएन ।’
यस्तै एन्फाले २०८० साउन १८ गते सामान खरिदको बोलपत्रको सूचना प्रकाशत गर्यो । ५ करोड १२ लाख ८ हजार ९४० रुपैयाँ लागत अनुमान रहेको बोलपत्र एन्फाले ५ महिनापछि पुस १३ गते रद्द गरेको सूचना प्रकाशन गर्यो । बोलपत्र रद्द गर्न मूल्यांकन समितिबाट सिफारिस भएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले एकमात्र बोलपत्र प्राप्त भएमा रद्द गर्ने कार्यविधि प्रचलित कानुनभन्दा गलत रहेको औंल्याएको हो ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया