०१ फागुन २०८२
काठमाडौँ - नेपाली कांग्रेसले बदलिएको राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट सोचसहित देशलाई सुशासन र समृद्धिको मार्गमा डोर्याउने सङ्कल्प गरेको छ। पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनाको अभियानलाई कांग्रेसले यतिबेला उच्च प्राथमिकतामा राखेको पार्टीको भनाई छ।
ियही ऐतिहासिक संक्रमणको घडीलाई मध्यनजर गर्दै कांग्रेसले वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने र समाजका विभिन्न प्रतिष्ठित क्षेत्रमा सक्रिय रहेका व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध हुन खुला आह्वान गरेको छ। कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समितिका संयोजक देवराज चालिसेले एक विज्ञप्ति जारी गर्दै चिकित्सा, शिक्षा, कानुन, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाज जस्ता विविध क्षेत्रका अनुभवी र क्षमतावान् व्यक्तिहरूलाई कांग्रेसको लोकतान्त्रिक मञ्चमा जोडिन आग्रह गरेका छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार कांग्रेसले अब व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्य र मान्यतालाई केन्द्रमा राखेर पारदर्शिता, जबाफदेहिता र नीतिमा आधारित राजनीतिलाई मुख्य आधार बनाउने लक्ष्य लिएको छ। देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच र नवीन ऊर्जा बोकेका अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य रहेको ठहर गर्दै कांग्रेसले राष्ट्र निर्माणको यो साझा अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरेको छ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया