२४ भदौ २०८२
काठमाडौँ - दोस्रो दिनको प्रदर्शनमा उत्रिएका युवाहरूले प्रमुख दलका प्रमुख नेतृत्व निवास लक्षित प्रदर्शन थालेका छन् । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासनले बिहानैदेखि कर्फ्यु आदेश जारी गरे पनि युवाहरूले कर्फ्युको अवज्ञा गर्दै ठाउँठाउँमा प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास घेराउ तोडफोड र आगजनी प्रयास गरेका छन् भने सूचना तथा संचारमन्त्री पृथ्वी सुब्बा गुरुङको निजी निवास आगजनी र तोडफोड गरेका छन् ।
यस्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास नजिकै बालकोट चोकमा पनि प्रदर्शन भइरहेको छ । उता कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पनि प्रर्दशनकारीहरु प्रवेश गरेका छन् ।
हिजोमात्र गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको घरमा प्रदर्शनकारी पुगिसकेका छन् । नयाँ बानेश्वर, कलंकी, कोटेश्वर, नैकाप लगयतका स्थानमा पनि प्रदर्शन भइरहेका छन् ।
जेनजीहरूले भ्रष्टाचार नियन्त्रण र नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्ने माग गर्दै सोमबार गरेको प्रदर्शनमा प्रहरी दमनबाट काठमाडौँ र सुनसरीमा गरी १९ जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरू थप आक्रोशित बनेका छन् ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया