२६ माघ २०८२
काठमाडौं - नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका ९०.४ प्रतिशत पुरुषसँग आफ्नै मोबाइल फोन रहेको पाइएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१र८२’ को नतिजा अनुसार महिलाको तुलनामा धेरै पुरुषसँग आफ्नै मोबाइल फोन रहेको देखिएको हो ।
देशभरि १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ८१।६ प्रतिशतसँग आफ्नै मोबाइल रहेको समेत तथ्यांकले देखाएको छ । यो उमेर समूहका ७२।७ प्रतिशत महिलाले गत तीन महिनामा मोबाइल फोन प्रयोग गरेको समेत पाइएको छ ।
त्यस्तै ७८।७ प्रतिशत पुरुषले पछिल्लो तीन महिनामा मोबाइल फोन प्रयोग गरेको सर्वेक्षणबाट देखिएको छ ।
मोबाइल फोनमा पनि स्मार्ट फोन प्रयोग संख्यासमेत उल्लेख्य रहेको तथ्यांकले देखाएको छ । आफ्नै स्मार्ट फोन प्रयोग गर्ने वयस्क पुरुष ८२।१ प्रतिशत छन् । महिला ७२।८ प्रतिशत छन ।
काठमाडौं उपत्यकाभित्रको ग्रामीण भेगबाहेक क्षेत्रमा ९२।४ प्रतिशतले स्मार्ट फोन प्रयोग गर्ने गरेको देखिएको छ ।
नेपालमा हरेक पाँचमध्ये चार घरमा इन्टरनेट सुविधा सहित उपकरण प्रयोग गर्ने गरेको समेत सर्वेक्षणको विश्लेषण छ । अर्थात्, ८२ प्रतिशत घरपरिवारमा इन्टरनेट प्रयोग हुने उपकरण प्रयोग भइरहेको देखिएको छ ।
यसमध्ये सहरी इलाकामा ८६.५ प्रतिशत घर र ग्रामीण इलाकाका ७३ प्रतिशत घरपरिवारमा यस्ता उपकरण रहेको देखिएको छ । प्रदेशगत हेर्दा सबैभन्दा कम कर्णाली प्रदेशको ग्रामीण भेगमा ५९.१ प्रतिशत घरपरिवारमा मात्र यस्ता उपकरण प्रयोग भएको तथ्यांक छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया