२५ पुस २०८२
काठमाडौंं- राजीनामा दिनुअघि सरकारी खर्चमा अमेरिका घुम्न मरिहत्ते गरेर लागि परेका जेनजी मन्त्री बब्लु गुप्ताको अन्ततः अमेरिका भ्रमण रद्द भएको छ ।
चुनाव लड्ने तयारी गरेका र दलिय राजनीतिमा हामफाल्न लागेका खेलकुद मन्त्री गुप्ताको चर्को आलोचना र तिब्र विवादपछि अमेरिका भ्रमण रद्द भएको छ । फर्जी संस्थाबाट नक्कली निमन्त्रणा बनाई जेन–जी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाहरूको भूमिका विषयक कार्यक्रममा भाग लिन अमेरिका जान लागेको भन्दै मन्त्री गुप्ताको आलोचना भइरहेको थियो । माघ ३ गते अमेरिकामा आयोजना हुने Role of NRNA Youth in the Development of Nepal Post Gen Z Revolution सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई क्याबिनेटले स्वीकृति प्रदान गरेको थियो ।
भ्रमण स्विकृति आउन समय लागेको, भिसा प्रोसेसिङलगायतलाई समय लाग्ने भएकाले मन्त्री गुप्ताको भ्रमण रद्द गरिएको सचिवालयले जनाएको छ । आयोजकले सबै खर्च ब्यहोर्ने सर्तमा मन्त्री गुप्ता र उनका सहयोगीहरु अमेरिका जाने तयारीमा थिए । तर, चौतर्फी प्रश्न उठेपछि र प्रधानमन्त्रीले नै चासो राखेपछि उनको अमेरिका जाने कार्यक्रम रद्द भएको छ ।
मन्त्री गुप्ताले फर्जी आयोजक र फर्जी निम्तोपत्र बनाएर अमेरिका भ्रमण स्वीकृत गराएको पाइएको थियो । नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली दूतावास वा अमेरिकी सरकारको अभिलेखमा नभएको आयोजक देखाई मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु अनियमित र गैरजिम्मेवार भएको भन्दै विरोध सुरु भएको थियो । नागरिक सरकारमा बसेका मन्त्रीको विदेश भ्रमण मोह विषयमा चौतर्फी आलोचना भइरहँदासमेत अस्तित्वमै नभएका आयोजक खडा गरेर उनी भ्रमणमा जान खोजेका थिए ।
रास्वपासँग काठमाडौं महानगरका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीचको एकता घोषणा कार्यक्रममा उपस्थित भएर खुसी मनाउँदै कार्यक्रमस्थलबाटै आफ्ना विभिन्न जिल्लाका नेटवर्कलाई खुसी सेयर गरेका गुप्तालाई दलीय संलग्नताका नाममा समेत राजीनामाको दबाब छ । पद नै धरापमा परेपछि उनी राजीनामा दिनु अघि फर्जी कार्यक्रम देखाएर अमेरिका घुम्न जान लागेका थिए ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया