०८ मंसिर २०८२
काठमाडौं- कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिएपछि विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा विराटनगरले साविक विजेता जनकपुर वोल्ट्सलाई नौ रनले हरायो ।
जितका लागि एक सय ३६ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो ।
जितसँगै तीन खेलबाट ६ अङ्क बनाएको विराटनगर शीर्षस्थानमा छ । लगातार दोस्रो हार खेपेको जनकपुरले अङ्कको खाता खोल्न सकेको छैन ।
जनकपुरका लागि जान किनोल लप्टी इटोनले सर्वाधिक ४१ रन बनाउनुभयो । यस्तै लाहिरु मिलान्थाले २३, सन्जय कृष्णमूर्तिले २० र आशिफ शेखले १३ रन बनाए ।
जनकपुरलाई निराश बनाउन बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिनुभयो । उहाँले चार ओभरमा जम्मा ११ रन मात्र खर्चिनुभयो । सन्दीप प्लेयर अफ दि म्याच भए ।
यस्तै सूर्य तामाङले दुई दुई तथा शुभम् रन्जने र मर्सेन्ट डे लन्जले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो ।
विराटनगरका लागि शुभम् रन्जनेले सर्वाधिक ३७ रन बनाउनुभयो । यस्तै बसिर अहमदले ३६, ओपनर लोकेश बमले २८, माटिन गुप्टिलले १३ र जर्ज मुन्सीले १० रन बनाउन सफल भए ।
बलिङमा जनकपुरका सांगीत कुरे र रुपेश सिंहल दुई दुई तथा आदित्य महताले एक विकेट लिनुभयो । यसअघि विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई हराएको थियो ।
यस्तै जनकपुर उद्घाटन खेलमा काठमान्डु गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो । आजै अर्को खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुँदैछ ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया