३१ असोज २०८२
काठमाडौं- बङ्गलादेशका अभियोजकहरूले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरेका छन् । गएको वर्ष विद्यार्थीको नेतृत्वमा भएको सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा भएको प्रदर्शनलाई दबाएकोमा उनीमाथि मानवता विरुद्धको अपराधको आरोप लगाइएको छ ।
बङ्गलादेशमा यी विद्यार्थी प्रदर्शनहरू हिंसात्मक भएका थिए । प्रदर्शन दबाउन भएको सुरक्षा बलको कारबाहीमा धेरै मानिसहरू मारिएका थिए । यही हिंसाले शेख हसिनालाई सत्ताबाट हटाएको थियो । ज्यान जोगाउन हशिना देश छाडेर भारत भागेकी थिइन् । हसिना अहिले पनि भारतकै शरणमा छिन् ।
उनको विरुद्ध चलिरहेको मुद्दाको क्रममा एउटा लीक भएको अडियो क्लिप बाहिर आएको छ । जसमा उनले सुरक्षा बललाई प्रदर्शनकारीहरू विरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोप छ । तर हसिनाले भने यी आरोपहरूलाई अस्वीकार गरेकी छिन् । गत वर्षको हिंसामा लगभग १ हजार ४०० मानिस मारिएका थिए । यसलाई १९७१ को स्वतन्त्रता युद्ध पछि बङ्गलादेशमा भएको सबैभन्दा खराब हिंसा मानिन्छ ।
‘हसिनाले १ हजारर ४०० मृत्युदण्ड पाउनुपर्छ ।’ बङ्गलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने । मानवीय रूपमा सम्भव नभएकोले आफूहरूले कम्तीमा एउटा मृत्युदण्ड मागेको पनि उनले बताए ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया