०५ भदौ २०८२
काठमाडौं – काठमाडौंको माइतीघर मण्डलामा प्याब्सन, एनप्याब्सन, हिसान र अपेनलगायत निजी विद्यालय सङ्गठनहरूले विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेका छन् । विधेयक अन्तिम रूप दिने तयारी भइरहँदा उनीहरूले ५ बुँदे मागसहित प्रदर्शन गरेका हुन् ।
‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’ जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरे । मुख्य मागमा कम्पनी ऐनअन्तर्गत दर्ता विद्यालयलाई गैरनाफामूलक बनाउने व्यवस्था हटाउन, पूर्ण छात्रवृत्तिमा पोशाक, स्टेसनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउने बाध्यता हटाउन, र छात्रवृत्तिको अधिकार स्थानीय तहबाट विद्यालयलाई नै दिनुपर्ने समावेश छन् ।
माग सम्बोधन नभए ८ भदौदेखि निर्णायक आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकका विवादित विषय टुङ्ग्याउने प्रयास भइरहेको छ ।
समितिले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र १०९१५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने सहमति गरेको छ। शिक्षामन्त्री रघुजी पन्तले २।५ प्रतिशत विद्यार्थीलाई आवास सुविधा दिनुपर्ने प्रस्ताव गरेका छन्, जबकि केही सांसदले १०५ लाई सुविधा दिनुपर्ने अडान राखेका छन्। समितिले निश्चित समय नतोकी गैरनाफामूलक बनाउने सहमति जुटाएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया