०४ भदौ २०८२
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति असहमति जनाएका छन्।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख रानामगरको पदबाट हटाउने तयारीस्वरूप सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका बेला शर्माले यस्तो कदम उपयुक्त नभएको बताएका हुन्।
रुपन्देही–३ मा आगामी १७ कात्तिकमा हुने उपनिर्वाचनको तयारीस्वरूप भैरहवामा रहेका शर्माले भने, उपसभामुखको विषयमा म यहीँबाट असहमति जनाइसकेको छु।
उपसभामुख रानामगरले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु गम्भीर त्रुटि भएको स्वीकार गरे पनि, त्यसकै आधारमा उनलाई पदमुक्त गर्नु उचित नहुने शर्माको धारणा छ।
उनले थपे, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश विदेश भ्रमणमा हुँदा देशको प्रतिनिधित्व गरिरहेका हुन्छन्। उनी विदेशमै रहँदा उनलाई हटाउन हस्ताक्षर संकलन गर्नु असंवेदनशील र असंस्कृत कदम हो।
शर्माले उपसभामुख हटाउने प्रक्रियासम्बन्धी हस्ताक्षर संकलनमा आफू सहभागी नरहेको स्पष्ट पारे। भैरहवामा पार्टीको आन्तरिक काममा व्यस्त छु। मेरो त हस्ताक्षर पनि छैन, उनले भने, काठमाडौं फर्केपछि यस विषयमा छलफल गरेर आफ्नो असहमति स्पष्ट रुपमा राख्नेछु।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया