२९ जेठ २०८३
काठमाडौ- हटि होइन डटी लड्ने नेपालीको बानी हुन्छ भन्ने कुरा सुस्ताबासीले फेरि एकपटक प्रमाणित गरिदिएका छन् ।
नेपाली सुस्तामा शुक्रबार हतियारसहित पसेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताबासीले लखेटेका छन् । यी दृश्यहरू हेर्नुहोस् । हतियारधारी भारतीय सुरक्षाकर्मी खोला तरेर नेपाली बस्तीमा निर्धक्क घुमिरहेका छन्। उनीहरूलाई न त नेपालको कानुनको डर छ, न त नेपाली प्रशासनको अवरोध। तर, प्रहरी प्रशासनले नरोकेपछि यीनलाई स्थानीयले प्रतिकार गर्दै धपाएका छन् ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयले प्रतिकार गर्दै रोकेपछि केही समय विवाद भएको थियो । हतियारसहित उनीहरू नेपाली क्षेत्रमा आए पनि स्थानीयले आउनुको कारण सोधेका थिए । अटेरी गरेपछि सबै स्थानीय जुटेर प्रतिकारमा उत्रेपछि केही समयमा उनीहरू फर्केको स्थानीयले बताएका छन् ।
केहि दिनअघि मात्र भारतीय सुरक्षाकर्मी त्यहाँ बएर तटबन्ध निर्माण रोकेका थिए । स्थानीयले बताए अनुसार भारतीयले तटबन्धको १३२ मिटर क्षेत्रमा निर्माण कार्य रोक्न दबाब दिएका छन् ।
तटबन्ध निर्माण रोक्नु भनेको सुस्तालाई वर्षायाममा डुबाउने भारतीय रणनीति हो। भारतको यो खुल्ला दादागिरीका विषयमा नेपाल सरकार भने चुइक्क बोलेको छैन् । भारतीय दादागिरीको विरुद्धमा कहिले बोल्छ बालेन सरकाररु भन्दै सुस्ताबासीले प्रश्न गर्न थालेका छन् । सुस्ताका उनीहरुको प्रश्न छ– के हामी नेपालको नागरिक होइनौँरु हाम्रो सुरक्षाको जिम्मा कसको हो ?
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया