२५ माघ २०८२
काठमाडौ- राष्ट्रिय किताबखाना (निजामती) ले कर्मचारी सूचना शुद्धिकरण अभियान थालेको छ । कतिपय कर्मचारीले बिदालगायत सुविधाको दुरुपयोग गरेको गुनासोपछि किताबखानाले उक्त अभियान शुरु गरेको हो ।
अभियानअन्तर्गत विभिन्न कार्यसमूह गठन गरी कर्मचारी अभिलेख शुद्धिकरणको कार्य भइरहेको किताबखानाले जनाएको छ । किताबखानाका अनुसार पहिलो चरणमा विभिन्न प्रकृतिका बिदा उपभोग गरेका वा गरिरहेका सात हजार एक सय ९० जना कर्मचारीको व्यक्तिगत भौतिक फाइल परीक्षण गरिँदैछ ।
त्यस्तै, विभिन्न समयमा औषधि उपचार सुविधाबापत रकम बुझेका ६ सय २२ जना कर्मचारीको पनि व्यक्तिगत फाइल परीक्षण सकेर शुद्धिकरण कार्य भइरहेको जनाइएको छ ।
उनीहरुको नामनामेसीसहितको विवरण किताबखानाको वेबसाइटमा राखिएको छ । साथै, यससम्बन्धमा कुनै सूचना भएमा तोकिएको इमेल ठेगाना वा ह्वाटसएप नम्बर ९८५१४०६३६७ मा पठाउन भनिएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया