२६ माघ २०८२
काठमाडौं- उम्मेदवारी दर्तासँगै सुदुर पूर्वदेखि सुदुरपश्चिमसम्म घुमि भ्याएका रास्वपाका वरिष्ठ नेता बालेन शाह सडक यात्रापछि घरदैलो अभियानमा फर्किएका छन्।
माघ ६ गते झापा–५ बाट उम्मेदवारी दर्ता गरेसँगै उनी चुनावी यात्रामा निस्केका उनी केही दिन झापाकै विभिन्न क्षेत्रमा चुनावी यात्रा गरेका थिए। गाडीबाटै हात हल्लाउँदै हिडेका उनले रास्वपाका उम्मेदवारसँग मात्रै भेटघाट र कुराकानी गरेका थिए।
एक साता पूर्वी नेपालमा बिताएका उनी त्यसपछि मधेसको यात्रा गरेका थिए। मधेसपछि सुदूरपश्चिम र कर्णालीका मतदाता र उम्मेदवार गर्न पुगेका थिए । कर्णालीबाट फर्केपछि लुम्बिनी र गण्डकी प्रदेशमा पुगेका उनले सबै ठाउँमा रास्ववा उम्मेदवारसँग छलफल गरेर फर्किएका थिए ।
अहिले भने उनी पहिलो जस्तो गाडीको सडक यात्रा छोडेर घरदैलोमा लागेका छन्। दुई दिनदेखि झापा–५ मै घरदैलो र मतदाता भेटघाट गरिरहेका छन्। सोमबार बिहानैदेखि आफ्नो मतदाता भेट्न निर्वाचन क्षेत्रमा घरदैलो गरिरहेका छन् । उनले १५ ठाउँमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।
बिहानै कमल गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट गरेका छन्। सानो केर्खा चोकबाट सुरु भएको उनको घरदैलो सिंघदेबी मन्दिर, केर्खा बजार, केराधाप, क्याम्पा, सुनहरास्थित उराउ, संथाल बस्ती, ढ्यांग्री गाउँ पुगेको थियो। त्यस्तै, शरंग्पडा बजार, बाह्रबिघा मन्दिर, नहरचोक, शान्तिचोक, सुकुमबासी बस्ती, समैगडा, छलफल चोक र भुत्लुंग स्कूल क्षेत्रमा घरदैलो गर्न लागेका छन्। घरदैलो कार्यक्रममा पनि उनले प्रायः दोहोरो कुराकानी गरेका छैनन्। मतदातासँग हात मिलाउँदै उनीहरूकै कुरा सुनिरहेका छन्। कतैकतै मात्रै थोरै बोलेका छन्। तर, उनलाई हेर्न र भेट्न मतदाता र समर्थकको ओइरो लागिरहेको छ ।
झापा– का अर्का उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा पनि चुनावी प्रचार प्रसारमा ब्यस्त बनेका छन् । उनी पनि घर दैलो अभियानमा छन् । तर, बालेनको पछि समर्थकको भीड लागिरहदा ओलीलाई भने समर्थकको खडेरी लागेको छ । विगतका निर्वाचनमा उनी जहाँ उभिन्थे त्यहा हजारौैको भीड लाग्थ्यो, तर यसपटक उनलाई समर्थककै खडेरी लागेको छ ।
झापा–५ मा २४ उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमा एमाले अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया