०६ भदौ २०८२
काठमाण्डौ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले चीन र भारतबीच लिपुलेक हुँदै व्यापारिक सहमति हुनुले नेपालको भौगोलिक अखण्डतामाथि आँच पुगेको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपालसँग आज कुराकानी गर्दै डा। भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय हितमा दरोसँग उभिएर कुरा गर्न सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोडदिए । उनले छिमेकीसँग नझुकिकन स्पष्टसँग कुरा गर्न आवश्यक रहेको समेत बताएए ।
भट्टराईले दुवै छिमेकी देशका प्रतिनिधिसँग शुरूमा छुट्टाछुट्टै वार्ता गर्ने र पछि संयुक्त रूपमा वार्ता गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे तथ्य प्रमाण अनुसार लिपुलेक नेपालको हो भन्न सक्नुपर्नेमा उनको जोड छ ।
सोध्दै नसोधिकन नेपालको भू–भागबाट व्यापार मार्ग खोल्ने कुरा गम्भीर विषय भएकाले नेपालले आफ्नो अडान स्पष्ट ढङ्गले राख्नुपर्ने पूर्वप्रधानमन्त्री भट्टराईले बताए । यसमा अरूले चासो दिने नभई नेपालले आफ्नो चासो राख्नुपर्ने उनको भनाइ छ ।
‘चासो कसैले कसैलाई दिने होइन, आफूले आफ्नो चासो लिने हो । अरूसँग सम्बन्ध राख्ने हो । छरछिमेकसँग आफ्नो आवश्यकता अनुसारको सम्बन्ध राख्ने हो । उनीहरूको आफ्नो स्वार्थ हुन्छ, हाम्रो आफ्नो स्वार्थ हुन्छ । स्वार्थ कहाँ मिल्छ त्यही अनुसार सम्बन्ध राख्ने हो । भारत र चीनजस्ता ठूला अर्थतन्त्रका देशसँग हामी छौँ । यी देशबीचमा हामी हुनु ठूलो अवसर हो । हामीले यसले यस्तो गर्यो भनेर रोइकराइ गर्ने होइन । रोएर कसले सहयोग गर्दछ रु आफ्नो हितमा हामीले कसैसँग झुक्दा पनि नझुक्ने, भुक्दा पनि नभुक्ने हो । कसैलाई चिढ्याउँदा पनि नचिढ्याउने र कसैसँग अनावश्यक ढङ्गले लम्पसार पनि नपर्ने नीति अपनाउन सक्यौँ भने भारत र चीन दुवैसँग सम्बन्ध अघि बढाएर जान सकिन्छ । हामीलाई सोध्दै नसोधिकन हाम्रो भू–भागबाट व्यापार मार्ग खोले यो गम्भीर विषय हो । यसमा रोइकराइ गरेर बस्नुभन्दा पनि यसमा आफ्नो अडान स्पष्ट ढङ्गले राख्ने हो । हामी दुवै छिमेकीबाट चेपुवामा पर्ने अवस्थालाई कूटनीतिक र राजनीतिक तरिकाले वार्ता र संवाद गरेर हल गरौँ । राजनीतिक नेतृत्वको क्षमता भनेकै चुनौतीलाई अवसरमा परिणत गर्ने हो । हाम्रो प्रधानमन्त्रीलाई राष्ट्रिय हितमा दरोसँग उभिएर कुरा गर्न सहयोग गर्नुपर्छ ।’
सन् २०२० मा पूर्वी लद्दाखमा दुई एशियाली शक्ति राष्ट्रका सैनिकहरूबीच झडप भएपछि नाका व्यापारिक प्रयोजनका लागि बन्द थियो । गएको डिसेम्बरमा भारत र चीनले नेपालको जानकारीविना नै यो नाकाबाट कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्री आवतजावतका लागि पुनः शुरू गर्ने समझदारी गरेका थिए ।
यसबीचमा भर्खरै उनीहरूले गरेको व्यापार सम्झौता बाहिरिएको छ । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भएको दाबी गर्दा भारतले अस्वीकार गरेको छ ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया