२४ चैत २०८२
काठमाडौं -अबको २४ घण्टा सास थामेर बस्नुहोस् । किनकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनी अनुसार विश्वमा यति ठूलो विध्वंश मच्चिदै छ की जुन यसअघि तपाई हाम्रो पुस्ताले देखेको थिएन ।
ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए ‘पूरै देश नै समाप्त पार्ने’ चेतावनी दिएका छन् । उनले इरानलाई लक्षित गर्दै ‘दि भोलिसम्म सम्झौता भएन भने परिणाम अत्यन्त गम्भीर हुनेछ’ भन्दै समयसीमा समेत तोकेका छन् । तर, अमेरिकाले दिएको धम्की सामु इरानले नझुक्ने मात्रै होइन प्रत्याक्रमणका लागि तयार रहेको सन्देश दिएको छ ।
सीएनएनका अनुसार, ट्रम्पले पत्रकार सम्मेलनमा इरानका सबै पुल, भौतिक पूर्वाधार र ऊर्जा संरचना ध्वस्त पार्न सकिने चेतावनी दोहोर्याउँदै अमेरिका कुनै पनि विकल्प प्रयोग गर्न तयार रहेको बताएका छन् । उनले यस्तो कदम मंगलबार रातमै हुन सक्ने संकेतसमेत गरेका छन् । ट्रम्पले इरानसँग सम्झौता गर्न र होर्मुज जलडमरूमध्य पुनः खोल्न दिएको समयसीमा मंगलबार राति सकिने बताएका छन् । सोही क्रममा उनले मध्यस्थकर्तामार्फत इरानी पक्षसँग भइरहेको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको दाबी पनि गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले इरानको कदमअनुसार युद्धको अवस्था निर्धारण हुने बताएका छन् । उनले आफ्नो प्रशासनसँग मंगलबार मध्यरातसम्म इरानका पुल तथा पावर प्लान्टहरू ध्वस्त पार्ने योजना रहेको खुलासा गरेका छन् । साथै, पूर्वी समयअनुसार राति ८ बजेसम्म अन्तिम समयसीमा रहेको उल्लेख गरे पनि उनले यसअघि यस्ता समयसीमा परिवर्तन गर्दै आएका छन् ।
ट्रम्पले इरानको नागरिक पूर्वाधारमा हुने सम्भावित अमेरिकी आक्रमण युद्ध अपराधको रूप लिन सक्ने विषयमा आफू चिन्तित नरहेको पनि बताएका छन्। उनले होर्मुज जल डमरूमध्यबाट आवतजावत गर्ने जहाजमा अमेरिकाले शुल्क लिनुपर्ने र तेल आपूर्ति स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।
तर, अमेरिकाले यसरी धम्की दिइरहदा इरानले पछि हट्ने होइन इटको जवाफ पथ्थरले दिने तयारी गरेको छ । आफ्नो देशमाथि थप आक्रमण भए जुन जुन देशमा अमेरिकी सेना छन् त्यहा त्यहा भयानक आक्रमण गर्ने तयारी गरेको छ । उसले मध्यपूर्वका देशहरु कतार, साउदी अरब, कुवेत लगायतका देश र इजरायल ध्वस्त पार्ने चेतावनी दिएको छ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया