०७ फागुन २०८२
काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनमा सहभागी युवालाई उनीहरूको विद्रोहपछि कुन दल परिवर्तन भयो भनेर प्रश्न गरेका छन् ।
मोरङ–१ मा पर्ने केराबारीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २३ र २४ भदौमा भएको आन्दोलनमा सहभागी जेनजी युवालाई विद्रोहपछि कुन दल परिवर्तन भयो भनेर प्रश्न गरेका हुन् ।
‘भदौ २३ र २४ गतेको जेनजी विद्रोहले ‘समग्र क्षेत्रमा सम्पूर्ण परिवर्तन’ माग गरेको थियोे । राजनीतिमा परिवर्तन, सरकारमा परिवर्तन, दलहरूमा, प्रशासनमा अनि समाजमा परिवर्तन,’ शर्माले भने, ‘एउटा निर्णय या एउटा घोषणाबाट निश्चय नै सम्पूर्ण क्षेत्रमा परिवर्तन हुन सक्दैन, तर सुरूवात गर्न सकिन्छ । म जेनजी युवाहरूलाई सोध्न चाहन्छु– त्यो सुरुआत कसैले ग¥यो कि गरेन’
जेनजी युवाले आफ्नो घरमा बसेर एक्लै सोचे पनि अथवा ‘डिस्कर्ड’ मा जुटेर संवाद गरे पनि परिवर्तनको सुरूवात कहीँबाट भएको छ भने त्यो आशाको सुरूवात भएको उनको भनाइ थियो ।
‘त्यो कसले गरेको छ रु कुन दलले नेपाली समाजको एकएक असन्तुष्टिलाई विशेष महाधिवेशनमार्फत् पहिचान गरेर निदानको नवीन दृष्टि निर्माण गरेको छ रु,’ उपसभापति शर्माले प्रश्न गरे, ‘कुन दलले विगतका कमजोरीप्रति आत्मालोचना गरेको छ रु कुन दलले आफ्नो नेतृत्व परिवर्तन गरेर अघि आएको छ रु म जान्दछु– तपाईंहरूले चाहेको परिवर्तन भावनात्मक मात्रै होइन, वास्तविक हो १’
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया