०२ कात्तिक २०८२
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार नेतालाई सचिवालय सदस्यमा मनोनीत गर्दा तोसिमा कार्की परिनन् । केन्द्रीय समितिको भर्चुअल बैठकमा प्रस्तुत मापदण्डका अन्य व्यक्ति सचिवालय सदस्यमा मनोनीत हुँदा त्यही मापदण्डकी कार्कीलाई भने मनोनीत नगरिएको हो ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुनेलाई सचिवालयमा मनोनीत गर्ने मापदण्डभित्र उनी पर्थिन् । तर, पार्टी संस्थापनको मान्यता विपरीत धारणा राखेकै कारण सूचीमा नाम भएर पनि उनको नाम काटिएको रास्वपा स्रोतले जनायो ।
पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको र यसको स्वीकार्यता कायम राख्न जेनजी आन्दोलनले उठाएका मान्यता तथा त्यस आन्दोलनसँग सम्बन्धित व्यक्तिलाई पार्टीमा आकर्षित गर्नुपर्ने धारणा उनले बैठकमा राखेकी थिइन् । उनको प्रस्तावअनुसार वर्तमान सरकारका ऊर्जा तथा जलस्रोत एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसहितका व्यक्तिलाई पार्टीमा आउने वातावरण बनाउनुपर्ने विषयलाई पार्टी संस्थापनले अस्वीकार गर्दा कार्की सचिवालय सदस्य हुनबाट वञ्चित भएकी हुन् ।
यसअघि कार्कीको जस्तै धारणा राख्दै आएकी सुमना श्रेष्ठले पार्टी छोडेर काठमाडौं महानगरका मेयर बालेन साह समूहसँग निकट भएकी छन् । पार्टीका कतिपय नेता श्रेष्ठ जसरी नै वहिर्गमित हुने तयारीमा रहेको र कार्कीले पनि त्यही तयारी गरेको रास्वपाका एक नेताले बताए । यद्यपि कार्कीले उक्तको प्रतिवाद गर्दै आएकी छन् । कुलमान नेतृत्वमा प्रस्तावित उज्यालो नेपाल पार्टीमा रास्वपाका थुप्रै नेता, कार्यकर्ता आबद्ध हुने अनुमान उक्त पार्टीको संस्थापनले गरेको छ ।
पार्टी रवि लामिछानेकै नेतृत्वमा र उनको अनुपस्थितिमा डीपी अर्यालकै कार्यवाहक नेतृत्वमा अगाडि बढाउनुपर्ने संस्थापनको मान्यता विपरीत कार्कीले मूल नेतृत्वका रूपमा स्थापित गर्ने गरी घिसिङको प्रस्ताव ल्याएको बैठकमा सहभागी एक नेताले बताए ।
केन्द्रीय समितिको भर्चुअल बैठकले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेको थियो ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया