११ भदौ २०८२
काठमाडौँ – उखु किसानहरूले आन्दोलन जारी राख्ने भएका छन् । उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले किसानको माग पुरा नभएको भन्दै आन्दोलन जारी राख्ने बताए ।
‘सरकारले ७५ करोड बढी निकासी गर्ने भनेको सरकारको कुरा हो । तर किसानले ७० रुपैयाँ अनुदान माग गरिरहेको छ, त्यसकारण यो आन्दोलन रोकिँदैन’ रायले भने ।
सरकारले ३५ रुपैयाँको दरले पैसा पर्सिसम्म किसानको खातामा जाने भन्ने कुराप्रति उखु किसानको आपत्ति रहेको उनले सुनाए । ‘हामीले मागेको ७० रुपैयाँ, जुन अघिल्लो साल पाइरहेका थियौँ । कटौती गरेर दिएको पैसामा हाम्रो सहमति छैन,’ रायले रातोपाटीसँग भने ।
सरकारले ४ सदस्यीय वार्ता समिति गठन गरेको प्रसङ्गमा उनले पहिलो र अन्तिम कुरा नै प्रतिक्विन्टल अनुदान ७० रुपैयाँ रहेको बताए । ‘सरकारले वार्ता समिति जो बनाए पनि हाम्रो एउटै कुरा भनेको, अनुदान कटौती गर्न नपाउने विषय हो ।’ रायले भने ।
आइतबारदेखि तराईका १३ जिल्लाका ६ सय बढी उखु किसान आन्दोलित छन् । उखु किसान काठमाडौँमा आएपछि सरकारले हिजो मङ्गलवार अनुदान बापतको रकम निकासा गरेको थियो । अर्थ मन्त्रालयले यस बापत ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा गरेको हो ।
निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानको बैङ्क खाता मार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाए पनि उक्त रकम अनुदान कटौती गरेर राखेको ३५ रुपैयाँको मात्रै भएको किसानहरूको बुझाई छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया