२७ मंसिर २०८२
काठमाडौं- नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ ।
भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा मध्यान्हमा हुने उद्घाटन समारोहमा विभिन्न १६ वटा राजनीतिक दल र ६ वटा सामाजिक संघ संस्थालाई बोलाइएको अतिथि सत्कार समितिले बताएको छ ।
अतिथि सत्कार समिति अनुसार नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएको छ ।
सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएता पनि महाधिवेशनको उद्घाटनमा कांग्रेसबाट कार्यवहाक सभापति पूर्णबहादुर खड्का सहभागी हुँदैछन् । खड्काको सचिवालयले जनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टीको तर्फबतट संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई बोलाइएको थियो । तर, नेता देव गुरुङ सहभागी हुने भएका छन् । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार सुर्खेतमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा छ । यसकारण एमालेको महाधिवेशनको उद्घाटनमा गुरुङ जान लागेको बताए।
अतिथि सत्कार समितिका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट महामन्त्री कविन्द्र बुर्लाकोटी उपस्थित हुने भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजतन्त्र पार्टी (राप्रपा) राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल कम्युनिष्ठ पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ उपस्थित हुँदैछन् ।
अतिथि सत्कार समितिका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पनि आमन्त्रण गरिएको थियो । तर, उनले अनुपस्थित हुने जानकारी गराएका छन् ।
जनमत पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई समेत आमन्त्रण गरिएको छ ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले भने काठमाडौं बाहिर रहेको सन्देश पठाएका छन् । सत्कार समितिका अनुसार नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल वार एशोसिएसन, नेपाल उद्योग परिसंघसहितका ६ वटा सामाजिक संस्थालाई समेत बोलाएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया